सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ त कारोबार ?

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ त कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा १७ सय रूपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।