नृत्यमा अब्बल रामेछाप कि रबिता, कोरियोग्राफीमा चर्चैचर्चा, राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाउन सफल

नृत्यमा अब्बल रामेछाप कि रबिता, कोरियोग्राफीमा चर्चैचर्चा, राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाउन सफल

संगिता अधिकारी

रबिता मगर, नृत्य क्षेत्रको एक परिचित अनि लोकप्रिय नाम हो । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ११ मा जन्मस्थान र बाल्यकाल बिताउनु भएकी रबिता, बुबा बलबहादुर मगर र आमा मसीनीमाया मगर को कोखबाट २०५३ साल असोज २२ गते जन्म भयो । २०७२ सालमा नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपालको पहिलो रियालिटी सो “रियो छमछमी” सिजन ३ को चौथो स्थानको थर्ड रनरअप हुन सफल हुनुभयो । त्यस्तै राष्ट्रिय खुल्ला एकल लोक नृत्य प्रतियोगिता महिला तर्फ २०७६ सालमा बिजेता हुनुभयो । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल द्धारा आयोजित एकल लोक नृत्य महिला तर्फ प्रदेश ३ नम्बरबाट नृत्यप्रयोगितामा तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । सानो उमेरमै कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल मोडेल तथा नृत्यकार रबिता मगरसँग उहाँको नृत्य क्षेत्र, संघर्ष र सफलताको बिषयमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँ सँग गरिएको अन्तरंग कुराकानी ।

यति सानो उमेरमै नृत्यको क्षेत्रमा धरै प्रगती गरिसक्नुभएको छ । कति बर्षको उमेर देखी आफ्नो नृत्यकला सुरु गर्नुभएको हो ?

सानै उमेर देखी नै म नाच्न रुचाउथे । गित बज्यो की नाच्न थालिहाल्थे । सबैले मलाई यसले नाचेरै खान्छे भन्नुहुन्थ्यो मलाई थाहापाउँदा देखी नै मैले नाच्न सुरु गरे । २०६९ सालको कुरा हो हामी डे«स पुर्याउन गएका थियौ । तिहार सकेर भाडाको ड्रृस पुर्याउन जाँदा डान्स नेपाल डान्स भन्ने कार्यक्रम थियो । त्यो कार्यक्रममा भाग लिन मन थियो । बुबा सँग पैसा माग्ने बित्तिकै दिनुभयो । २ सय नपुग्दा भाग लिन पाइन । इन्ट्री गर्न समेत पाइएन । एक जना सरले मेरो बुबा सँग घरमै आएर रबिताले राम्रो डान्स गर्छ उसलाई निरन्तर डान्स क्लास सुरु गरिदिनु भन्नुभयो । पुर्ण लामा सर नै घर गएर कुरा गर्नुभयो र प्रेरणा दिनुभयो राम्रो डान्स गर्छ अगाडी बढाउनुस भनेर भनेपछि पठाउनुभयो । अनि काठमाडौं आए संघर्षका दिन सुरु भए ।

कल्चर डान्समा तपाईले सबैभन्दा बढि नृत्य गर्नुभएको छ नि । पहिलो नृत्य कहाँबाट सिक्नुभयो ?

२०६९ सालमा शिखर छहारी सांस्कृतिक कला केन्द्रमा भर्ना भए अनि कल्चरल डान्सको सुरुवात भयो । त्यतिबेला म मेरो गुरुहरुलाई सम्झिन चाहन्छु । प्रेमलाल श्रेष्ठ, केशव कोइराला, विनोद शिरीष मगर, दक्षिणा लामा, पुर्ण लामा, सुरेन राई मेरो गुरु हुनुहुन्छ । उहाँहरुकै कारण र मेरो आफ्नै मेहनत र संघर्षका कारण आज यो स्थानमा छु । दर्शहरुले मेरो कलालाई उत्तिकै सम्मान गरिदिनु भयो । माया गर्दिनुभयो गितहरु एकपछि अर्को मन पराईदिनुभयो । आभारी छु दर्शक प्रति । मैले कला केन्द्रबाटै करिअर सुरुवात गरे । पछि जहाँबाट मैले क्लास लिए, त्यहि बाट सम्मानित भए । कलाको सम्मान गर्दा मलाई अत्यन्तै खुशी लागेको थियो, देशभर आफ्नो कलालाई चिनाएको भएर सम्मान गरेको हो । मैले सोचेकी पनि थिइन ।

नृत्यकला तपाईको जिवनको लागी के हो ?
नृत्यले नै म आज सम्म यहाँ छु । रबिता मगर जे छु नृत्यकै कारण छु । सबैले मलाई गड गिफ्टेट भन्छन । सबैको प्रेरणा साथ हौसला र मायाले यो स्थानमा छु ।
तपाईको प्रेरणाको स्रोत को हो ?

सबैभन्दा ठुलो प्रेरणा भनेको मेरो आमाबुबा, दिदि र घरपरिवारनै हो । शिखर छहारी सांस्कृतिक कला केन्द्र हो । दर्शकको अपार माया र हौसला हो । नाचेर पनि आफ्नो करिअर बनाउन सकिन्छ भन्ने छ । वास्तवमा कलाकारले एक अर्कोको लागि प्रेरणा बन्छन । मेरो सबै दर्शक,मेरो आमाबुबा गुरुहरु नै प्रेरणाको स्रोत हुनुहुन्छ ।
तपाईको पुस्तामा अहिले सम्म सबैभन्दा बढि सम्मान पाउने तपाई नै हो भन्छन नि ? कतिवटा सम्मान र अवार्ड पाउनुभयो ?

धेरै छन सम्मान र अवार्ड । जसमध्ये केहिको नाम भन्छु जस्तै, २०७५ सालमा वेष्ट काठ्य लोकगित फिमेल मोडेल क्याटेगोरीमा अवाड पाए । ओएस नेपाल म्युजिक अवार्ड “घर त मेरो रामेछाप जिल्ला” बोलको गितबाट अवार्ड पाए । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोबल द्धारा आयोजित अनलाइन डान्स कम्पीटिसनबाट सेकेन्ड रनरअप हुन सफल भए ।

तपाई नृत्य प्रशिक्षक पनि हो । के–के मा प्रशिक्षक गर्नुभयो ?
गोकर्णेश्वर नगरपालिकामा एक दर्जन भन्दा बढिलाई नृत्य प्रशिक्षण गरेको छु । नेपाली चलचित्र “परदेशी २ को एउटा गितमा सहकार्य गरेको छु । सुपर डान्सरमा कोरियोग्राफरको भुमिका निर्वाह गरेकमो छु । रियलमी प्रिजेन्ट इन्डियन सुपर डान्सर सुभेक्क्षा श्रेष्ठको कोरियोग्राफरको भुमिका टिम सुविरबबाट फस्ट रनरअप हुन सफल भए । विभिन्न विद्यालयहरुमा प्रशिक्षणको भुमिका निर्वाह गरिरहेको छु ।
पछिल्लो समय नृत्य प्रतियोगिमा रुचि बढ्दै गएको छ नि ?

नृत्य मनोरञ्जन हो । ब्यक्तिको कला हो । इन्टरनेटको सुविधा सँगै सामाजिक सञ्जालकोे दायरा अझ फराकिलो हुँदै गएको छ । यसका कारण पनि नृत्यको लोकप्रियता झनै बढेको छ । शारिरिक हिसाबले पनि नृत्य गर्नु उपयुक्त मानिन्छ । शरिर फिट हुन्छ । नेपालीमा एउटा भनाई छ नि जो नाच्छ उहि बढि बाच्छ ।
तपाई नृत्यकला प्रस्तुतीका लागि विभिन्न देशहरु पुग्नुएको छ नि ? कुन–कुन देश पुग्नुभयो ।

वास्तवमै म नपुगेको स्थान सायद कमै होला म आफैलाई भाग्यमानी समेत ठान्छु । नेपालको पुर्व मेची देखी पश्चिम महाकाली सम्म पुगेको छु । तराईको सर्लाही, सुर्खेत, नेपालगञ्ज, बुटवल चितवन आदि ठाउँमा पुगेको छु । यस्तै देश विदेशमा हंङककङ, चाइना, इन्डिया सम्म पुगेर आफ्नो नृत्य प्रस्तुत गरेको छु अझै घुम्ने मन छ ।

तपाईले राष्ट्रिय कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ दिलिप रायामाझी जस्ता ब्यक्तिसँग पनि सहकार्य गनुभएको छ हैन ?
हजुर हो । धेरै मेरो आदरणीय अग्रज ब्यक्तित्व सँग सहकार्य गर्ने मौका पाएको छु । जस्तै महजात्रामा आदरणीय दाई हरिवंश आचार्य सर, मदन कृष्ण सर दिलिप रायामाझी सर सँग सहकार्य गरेको छु । यस्तै डान्सिङ स्टार नेपाल स्टार प्रिती आले र शेखर घर्ती मगर लाई असिस्ट कोरियोग्राफर गरेको छु ।

म्युजिक भिडियो दर्जनौ गर्नुभएको छ । मन पर्ने चाहिँ कुन हो ?
मेरो घर पनि रामेछाप भको भएर घर त मेरो रामेछाप बोलको गित मन पर्छ । मैले पहिलो अवार्ड पाएको गित पनि यहि हो । जुन गितको शब्द कुमार कार्की, लय कुमार पौडेल र स्वर रामकुमार कार्की र पार्वतीक कार्कीको स्वरमा रहेको गित घर त मेरो रामेछाप भन्ने म मोडेल रहेको गित हो । अरु पनि धेरै मन पर्ने गित छन् ।

नृत्य क्षेत्रको चुनौतीहरु के के छन् ?
नृत्य क्षेत्र कलाको क्षेत्र हो । कलाको सम्मानको पेशा हो । बजारमा असाध्यै प्रतिस्पर्धी छन् । कम्पिटिसन बढि छ । पहिलो कुरा मार्केटिङ को चुनौती छ । एकपटक चलेपछि चलेको चलै गरिन्छ । नचले यो क्षेत्रमा टिकिरहन गाह्रो छ ।
पहिलो अवार्ड पाउँदाको खुशी कसरी ब्यक्त गर्नुहुन्छ ।
अरुले भन्ने गर्थे अवार्ड पाउन पैसा दिनुपर्छ तर यो झुट रहेछ । मैले अवार्ड पाउछु भन्ने नै थाहा थिएन । मेरो पहिलो अवार्ड पाएको खुशीको सिमा नै थिएन । पहिलो अवार्ड ओएस नेपालबाट अवार्ड पाए । फेसबुकमा पोस्ट गरे पछि सबैले भोट गरे शुभचिन्तकहरुको मायाले अवार्ड पाए ।

यो यात्रालाई कहिले सम्म निरन्तरता दिनुहुन्छ ?
जबसम्म रबिता छ त्यहिले सम्म चल्छ । देशको जुनसुकै कुनामा पनि नृत्यको यात्रा अघि बढाउँछु । नृत्य छ र त रबिता मगर छ । नृत्य विना रबिता अधुरो छे अपुरो छ । जे छ नृत्य नै छ मेरोलागी ।

दिनहरु कसरी बितिराछन ?
माग फागुन महिना कलाकारका लागी सिजनको महिना हो । स्कुलहरुमा प्रशिक्षण गराईराको छु । अनि फिल्मको काममा ब्यस्त छु ।

नृत्यका दुखहरु के के छन् ?
थकान,हुन्छ खाजा खाने समय मिलाउनै समस्या हुन्छ । तिजको गितमा रातभरी नाच्नुपर्छ मैले सुरुवातमा १७० रुपैँयाकको कार्यक्रम सम्म गरेको छु । ५०० रुपँयै पाएको छु । त्यसपछि एक हजार रुपैयाँ पाउन थाले । अहिले त कमाई प्रसस्त छ । मेल लिडमा काम गरेको छु । जिवन संघर्ष हो संघर्षमै बितिराछन् । जीवनमा सुख दुख त आउँछन जान्छन् ।
र अन्त्यमा आफ्नो पेशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म्युजिक आफैमा रिफरेसमेन्ट हो । टेन्सन भको बेला मन भुलाउने गर्छ । म डान्स टिचर बन्छु नै भन्ने त थिएन । नेपालमा जब रियालिटी सो देख्दा खेरी चाहिँ रुचि बढ्न थाल्यो । अनि कल्चर गए । बुबाआमाको हौसलाले नै मलाई अगाडी बढाउन थाल्यो । कलाकार,मोडेल, कोरियोग्राफर भनेर मलाई बढि चिन्छन् । दर्शकहरुको माया नै जीवनको उपहार हो यसमा असन्तुष्ट नहुने कुरै भएन ।
समय र कुराकानीका लागि  धन्यवाद ।

तपाई र तपाई मिडिया प्रति हार्दिक आभार मेरो कुराकानी राख्ने मौका दिनु भएकोममा ।