आज ९.१९ अंकले बढ्यो सेयर बजार

आज ९.१९ अंकले बढ्यो सेयर बजार


काठमाडौं । सेयरबजार मंगलबार पनि बढेको छ।

सूचक बढेको दिन कारोबार पनि उत्साहजनक देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ।

बजारमा ९७ लाख ८९ हजार ४ सय १६ कित्ता बिक्री भएको दिन ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँको कारोबार भएको हो।

योसँगै १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको र ९ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन।