यौन शब्दको दुरुपयोगले यौनिकताको अध्ययन समेत बद्नाम भएको छ : डा. पोखरेल

यौन शब्दको दुरुपयोगले यौनिकताको अध्ययन समेत बद्नाम भएको छ : डा. पोखरेल


काठमाडौं । नेपाल मानवीय यौनिकता अध्ययन संस्थानका अध्यक्ष तथा प्रोफेसर डाक्टर सुबोध कुमार पोखरेलले हाम्रो समाजमा यौन शब्दको दुरुपयोग भएकाले यौनिकताको अध्ययन समेत बद्नाम भएको बताउनु भएको छ । नेपाल मानवीय यौनिकता अध्ययन संस्थानको उद्घाटन समारोहको अवसरमा  जनता टेलिभिजनको सहकार्यमा टेलिभिजनकै सभाहलमा आज भएको एक औपचारिक कार्यक्रममा पोखरेलले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल मानवीय यौनिकता अध्ययन संस्थानका अध्यक्ष प्रा डा सुबोध कुमार पोखरेल, नेपाल खुला विश्वविद्यालयका उपकुलपति सिन्धु मानन्धर बज्राचार्य, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसाल, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी, प्राध्यापक तारा पोखरेल, नरदेवी अस्पतालका प्रमुख श्याम बाबू यादव लगायत अन्य थुप्रै विज्ञहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले यो अभियानले समाजमा एउटा नयाँ दिशानिर्देश गर्ने र यौन स्वास्थका विषयमा समाजमा देखा परेका विकृतिहरुलाई यो कार्यक्रमले एउटा नयाँ गति दिनेमा आफू आशिवादी रहेको बताउनु भयो ।

त्यस्तै नेपाल मानवीय यौनिकता अध्ययन संस्थानक अध्यक्ष प्रा डा सुबोध कुमार पोखरेलले धर्मले,समाजले यौनिकतालाई नियमन भन्दा पनि नियन्त्रण गरिरहेकोले अब त्यस्ता नियन्त्रणहरुलाई फुकाउन समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । त्यस्तै हाम्रो समाजमा यौन शब्दको दुरुपयोग भएकाले यौनिकताको अध्ययन समेत बद्नाम भएको बताउनुभयो ।

नेपाल मानवीय यौनिकता अध्ययन संस्थानका कसंयोजक प्रा डा तरुण पौडेलले समाजमा मानवीय यौनिकताका कार्यक्रमहरुलाई कसरी व्यापक मात्रामा सबै समाजमा लैजान सकिन्छ भन्ने बारेमा बिस्तृत छ्लफल गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वेबसाईट निर्माणमा सहयोग गरेका प्रयास पोखरेलले यो संस्थाको साईट के कसरी चलाउने भन्ने बारेमा जानकारी दिनुभयो । प्राध्यापक तारा पोखरेलले यो कार्यक्रमले सबैलाई फाइदा हुने र कार्यक्रमको सफलताको काममा व्यक्त गर्नुभयो ।

नरदेवी आयोर्वेदिक अस्पतालका डाइरेक्टर श्याम बाबू यादवले एउटा मानिसको शारीरिक र मानशिक दुवै रुपमा स्वास्थ सबल हुनुपर्ने बताउनुभयो । अझ यौन स्वास्थका बारेमा सबैले जान्न र बुझ जरुरी रहेको बताउनुभयो ।

नर्सिङ काउन्सिलका अध्यक्ष प्रा डा सरला केसीले अहिलेका किशोर किशोरीहरुले यौन क्रियाकलापलाई दुरुपयोग गरेको, कलेज पढ्दै गरेको किशोरीहरुले गर्भपतन गराउन अस्पताल आउने गरेका जटिल समस्याहरु उत्पन्न भएको बताउनुभयो ।  त्यसैले यो कार्यक्रमले सबैलाई समेट्ने र सकारात्मक सूचनाहरु समाजमा जाने आशा राखेको बताउनुभयो ।

मेडिकल काउन्सिलका अध्यक्ष प्राडाले यस्ता कार्यक्रमहरुलाई विद्यालय तह देखी नै पाठ्यक्रममा समावेश गराउनुपर्ने बताउनुभयो ।

यौन स्वास्थ्य मानिसको समष्टिगत स्वास्थ्य र कल्याणको एक अपरिहार्य अंश हो जसको अभावमा व्यक्तिको मर्यादा मात्र होइन समुदाय र राष्ट्रको सामाजिक/आर्थिक विकास पनि प्रभावित हुन पुग्छ । एक अध्ययनका अनुसार धौन स्वास्थ्यसंग सम्बन्धित समस्याहरूको प्रभाव तुलनात्मक रूपमा अरु स्वास्थ्य समस्याहरू भन्दा बढी घातक हुन्छ जसले बहुसंख्यक पुरुष र महिलाहरूलाई थाहा नपाइने किसिमले असर गरेको पाइन्छ।

आम जनमानसमा रहेको यौन स्वास्थ्य समस्याहरूको उच्च बोझले हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्याहरू समेतलाई जटिल बनाउने गरेको पाइन्छ । बसबाट मानिसहरूको जीवन स्तर, आत्मविश्वास र आन्तरिक सन्तुष्टिको स्तरमा गिरावट आउछ। आफ्नो जीवनकालको कुनै पनि चिन्तुमा धौन स्वास्थ्य समस्याबाट पीडित हुने व्यक्तिहरूको ठूलो संख्या रहेको पाइए पनि स्वास्थ्यकर्मीहरूसँग पर्याप्त ज्ञानको अभाव र धौनिकता प्रति निष्पक्ष मनोवृत्तिको कमीको कारणले समस्याग्रस्त व्यक्तिहरूप्रति विभेदपूर्ण दृष्टिकोण बेवास्ता हुने गरेको समेत देखिएको छ, जसको परिणामस्वरूप व्यक्तिको स्वास्थ्य अधिकार कुण्ठित हुन पुगेको छ ।

जब मानिसहरूमा असल मनोवृत्ति र स्वस्थ अभ्यासहरूको अभाव हुन्छ उनीहरू आफ्ना भावनाहरू आफै बुझ्न र तिनको उचित सम्बोधन गर्न नजानेर गलत माध्यमहरूको सहारा लिन पुग्छन । जसले गर्दा थप शारीरिक र मानसिक स्वास्थ्य समस्याहरू समेत निम्तिन सक्छन। अस्वस्थ मनोवृत्ति र अभ्यासले पारस्परिक सम्बन्धहरूलाई समेत जटिल बनाउन सक्छ।

नेपालको सविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा मान्यता दिए पनि धेरै यौन स्वास्थ्य सम्बन्धी सवालहरूलाई ढाकछोप गर्ने, इन्कार गर्ने वा दवाइने हुनाले उच्चतम यौन स्वास्थ्य प्राप्त गर्ने कार्य उपेक्षित हुनपुगेको छ। स्वास्थ्य समस्याहरूमा उचित ध्यान नदिइएमा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित दिगो बिकासका लक्ष्यहरू प्राप्त हुन सक्दैनन। बिज्ञानको निरन्तर बिकासका बावजूद जनसंख्याको ठूलो हिस्सामा आधारभूत यौन स्वास्थ्य सचेतनाको अभाव छ । परिवर्तन शील सामाजि/आर्थिक परिवेशमा वैदेशिक रोजगारीले पनि नयाँ किसिमका यौन स्वास्थ्य समस्याहरू थप्न योगदान गर्ने गरेको छ। एचआईभी संक्रमणदेखि बाँझोपन, यौन दुर्बलता,धेरैलाई आक्रान्त पारेको छ।

आम नेपालीको यौन लगाएतको समग्र स्वास्थ्य सुधार गर्ने उद्देस्यले सन् २०१३ मा नेपाल मानवीय यौनिकता अध्ययन संस्थानको स्थापना भएको हो। र आजैका दिनबाट यौन तथा प्रजनन सम्बन्धि ७ दिने अल्पकालीन तालीमको सुरुवात पनि यो संस्थाले गरेको छ । साथै यो तालीम निशुल्क हुने आयोजकले जानकारी दिएका छन् । तालीम लिन जम्मा १०१ सय रूपमा प्रवेश शुल्क लाग्नेछ । यसका साथै समुदाय र विद्यालय स्तरमा पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर  जाने तयारी यो संस्थाको रहेको छ ।

यी सबै तालिमहरू काम गर्दै अध्ययन गर्न मिली मरी दुर शिक्षा प्रबिधी को सहयोगले संचालन गरिने र मानवीया यौनिकताक बहुआयामिक तथा अन्तरनिर्भरशील पक्षलाई मध्येनजर गरी बिभिन्न क्षेत्रका स्नातक तथा बिद्वानहरूको यस शिक्षामा पहुँच र समावेशीता सुनिश्चित गर्न दक्षिण एशियाली मानवीय यौनिकता अध्ययन संस्थान (SAIHS) pakistan संगको सहकार्यमा दुर शिक्षा प्रबिधीको माध्यमबाटै  post graduate diploma, masters, m.phill एवं doctorate स्तरका अध्ययन तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत भविष्यमा संचालन गर्दै जाने दुरगामी लक्ष्य बोकेर यो संस्था अगाडी बढेको छ ।

नेपालमा, सरकारी र गैरसरकारी दुवै क्षेत्रहरूमा यौन स्वास्थ्या सम्बन्धि विशेषज्ञको न्यून उपस्थितिले मानव यौन चिकित्साको क्षेत्र लामो समयदेखि उपेक्षित रहेको छ। राज्यले यौन स्वास्थ्य सेवा र शिक्षाको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्न विशेष पाठ्यक्रमहरू र कार्यक्रमहरू प्रस्ताव गरेर यो कमीलाई भर्ने लक्ष्य राखेको छ। “संभोग कला (वि.स. २०७४), ‘यौनका कुरा’ बि.सं २०७७, र ‘सृष्टिको रोमान्स’ बि.सं २०७० आदि छन । यी यस्ता पुस्तक हुन जसले रुढीवादी सामाजिक मान्यताहरूलाई चुनौती दिँदै यौन स्वास्थ्यको क्षेत्रमा वैज्ञानिक मान्यता सहितको जागरूकतालाई बढावा दिन सक्षम भएका छन् ।

यस संस्थामा पाठ्य सामाग्रीहरु संसारको कुनै पनि स्थानमा बसेर अध्ययन गर्न सकिन्छ ।