अ्मेरिकि सहयोग परियोजना एमसीसी पेचिलो बन्दै गएको छ । यो परियोजना राष्ट्रघाती भएको भन्दै सडक आन्दोलित बनिरहेको छ । आन्दोलनकारी र प्रहरेबिच ढुङामुडा प्रहार भैरहेका छन । ढुंगामुडा नै समस्याको समाधान हो भने हिड्नुस सबै जना ढुंगा मुडा गरौ यदि होईन भने राष्ट्रियताको सवाल माथिको आन्दोलनमा प्रहरी दमन र प्रहरी माथीको असभ्य आक्रमण यी दुबै निन्दनिय छन । यो समयमा जनता र सुरक्षा निकायबिचको समन्बय हुन सकेमा मात्र दलालहरूको हातबाट देशको अस्मीता जोगाउन सकिन्छ । त्यसैले सबैजनाले एकपटक नेपाली भएर सोचौ , हामीलाई नेता प्यारो छैन नीति र नेपाल प्यारो हो , उनिहरूलाई नीतिनिर्माता बनाएको हाम्रै मन मष्तिस्क हो भने फेरी सडकमा पुर्याउन सक्ने क्षमता पनि हामीहरूमा छ । जहानीया राणा शासन लगायतका आन्तरिक कलह र बेलायत, भारत , तिब्बत र चिन लगायत बाह्य हस्तक्षेपको खरो प्रतिबाद गर्दै आएका नेपालीहरूको जोस जागर अझै पनि उस्तै छ । अनुदान भन्दा बित्तिकै सबैको मनमा सहयोग भन्ने शब्द उब्जिनु स्वभाबिक हो ।र पाएको अनुदान किन नलीनु भन्ने प्रश्न आउनु पनि स्वाभाविक हो तर गहिरीएर बुझ्दा “मही दिएर दहीको पैचो” सरह नै यो अमेरीकी रणनिती नेपाल आएको छ । किनकी अनुदान आबस्यकता भएको ठाउमा दिईन्छ जबरजस्ती स्विकार गराईदैन यति कुरा नै एम.सी.सी नेपालको हितमा छैन भनी बुझ्नको लागी काफी छ । हरेक नेपाली जनताहरूले बुझ्नु आबस्यक छ कि एम.सी.सी मा के कस्तो कुरा लेखिएको छ । र यो नेपालका लागि घातक छ की फाईदाजनक । बास्तबमै भन्नुपर्दा बिस्व महामारीको समयमा विस्व स्वास्थ संगठनबाट हात झिकेको राष्ट्रले आफ्नो चरम स्वार्थ नभईकन नेपाल जस्तो राष्ट्रलाई बल पुर्वक अनुदान लिन कर गर्न सक्दैन । नेपालीहरूको करिब सात दशकको लामो संघर्षबाट निर्मीत संबिधान नेपाली भूमी भित्रै अमेरीकी सम्झौता भन्दा सानो हुन सक्दैन । बेलायती सेनाले पाईला टेक्न नपाएको मेरो देशमा अमेरीकी साम्राज्यबादका दलालहरूले परेड खेल्न पाउदैनन । राजनीतिक आस्थाहरू आफ्नो ठाउमा होलान तर यो राष्ट्रियताको बिषयमा मेरा नेताले के भन्छन भनेर सुनेर बस्ने बेला होईन , जनताको आवाज नेताले बोल्ने हो त्यसैले सडक तताएर हुन्छ कि संसद भवन एम.सी.सी जुन बाटो आएको थियो त्यहि बाटो फर्क्याउनु पर्छ । यसका लागी जनता र सुरक्षा निकाय एक हुनु आबस्यक छ र एम.सी.सी को बिपक्षमा रहेका राजनैतिक दलहरूलाई सबैजनाले हातमा हात राखेर साथ दिनु आबस्यक छ । एम.सी.सी अरू केही पनी होईन चराको लागी शिकारीले थापेको जाल हो बाहिरबाट हेर्दा राम्रो लाग्छ गहिरीएर बुझ्दा हाम्रो राष्ट्रको प्रयोग गरी हामी र हाम्रा छिमेकी राष्ट्रहरूलाई शिथील बनाउने यसको मुख्य योजना हो । हामी हाम्रो राष्ट्रको एक इन्च भूमीमा कसैको रजाई हुन दिन सक्दैनौ र कसैको भूमी हामीले पनि मिच्दैनौ । बलभद्र कुवर, भक्ती थापा लगायतले जोगाएको मेरो देशमा अमेरीकी हस्तक्षेपको बिजय कदाबी हुन सक्दैन । अब हामीहरू माझ एउटा मात्र प्रस्न रहेको छ राष्ट्रियता रोज्ने की अनुदान ?
सन्तोष पोडेल पर्वतका
अनेरास्ववीयू सचिब हुनुहुन्छ ।
प्रतिक्रिया