लगातार बढिरहेको सुनको मुल्य आज ह्वात्तै घट्यो

लगातार बढिरहेको सुनको मुल्य आज ह्वात्तै घट्यो


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार एक लाख ३४ हजार मूल्य कायम भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर एक लाख ३३ हजार ७ सय निर्धारण भएको हो ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।