सेयर बजार निरन्तर आरालो लाग्ने क्रम जारी

सेयर बजार निरन्तर आरालो लाग्ने क्रम जारी


काठमाडौँ । साताको चौंथो दिन आज पनि सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंक कायम भएको छ । तीन सय २२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा कारोबार भएको छ ।

आज सेयर खरिद बिक्री ५२ हजार ६५ पटक भएको छ । आज सर्वाधिक सेयर बढ्नेमा गुराँस लघुवित्त कम्पनी रहेको छ । जसको सेयर १० प्रतिशतले बढेको छ । यस्तै विन नेपाल लघुवित्त संस्थाको ९.९७, मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९१, गनपति लघुवित्त वित्तीय संस्थाको ८.३९ र सीर्जनशील लघुवित्त वित्तीय संस्थाको ७.६९ प्रतिशतले सेयर बढेको छ ।

यस्तै सर्वाधिक सेयर घट्नेमा रिभर फलस पावल लिमिटेड रहेको छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.८, बोटल्स नेपाल ९तराइ० लिमिटेडको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५९ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ३.४७ प्रतिशतले सेयर घटेको छ, ।

यस्तै सर्वाधिक सेयर कारोबार गर्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।