ले नेपाल ‘ए’ लाई आयरल्याण्ड ‘ए’ दियो १५८ रनको लक्ष्य

ले नेपाल ‘ए’ लाई आयरल्याण्ड ‘ए’ दियो १५८ रनको लक्ष्य


काठमाडौं । नेपाललाई जितका लागि आयरल्यान्ड ए ले १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ३८ दशमलव ३ ओभरमा आयरल्याण्डलाई अलआउट गर्‍यो ।

नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिए उनले ३९ औँ ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरेका हुन् ।

ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएका हुन् । यस्तै शहाव आलम र मौसम ढकालले २.२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।

आयरल्याण्डका लागि केड कार्माइकलले ५१, निल रकले ३९ रन बनाए । पिटर मूर २१, स्टिफेन डोहेनी १२ र जेम्स म्याकोलम १२ रन बनाए ।