सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो त तोलाको ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो त तोलाको ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १८ सय रुपैयाँले बढेर कारोकार भईरहेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै तेजावी सुन तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।