आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदै छन्।हिजो बसेको नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएका हुन् । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने छन् ।

बैठकपछि परियारले भने,‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’

उनले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताए । यस्तै उनले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रको निर्णय माओवादी कर्णालीले लागु गर्ने बताए । संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उनले बताए ।

केन्द्रिय गठबन्धनमा भएको सहमति अनुसार कर्णालीमा एमालेले मुख्यमन्त्री पाउने भएको हो ।