काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी टी–२० सीरीजको अन्तिम खेलमा नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ लाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालका आरिफ शेखले ४८ बलमा ९३ रनको उत्कृष्ट इनिङ खेलेपछि आयरल्याण्डले विशाल लक्ष्य पाएको हो । २० ओभरको समाप्तीमा नेपालले ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको आजको खेलमा नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको हो ।
नेपाल ‘ए’ का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका छन् । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड ‘ए’ का लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।



प्रतिक्रिया