काठमाडौं । मदिरा नीतिमा कथित घोटालाको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
दिल्लीको राउज एभिन्यू अदालतले यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल ईडीको हिरासतमा थिए ।
ईडीका अनुसार मदिरा नीति सम्बन्धी कथित घोटालाको बारेमा सोधपुछ गर्दा मुख्यमन्त्री केजरीवालले सहयोग गरेका थिएनन् ।
ईडीका वकिल एसभी राजुले केजरीवालले सोधपुछका क्रममा सहयोग नगरेको बताए । उनले आफ्नो फोनको पासवर्ड दिएका थिएनन् ।
आज राउज एभिन्यू अदालतमा उपस्थित हुँदा अरविन्द केजरीवालले भने, ‘प्रधानमन्त्री मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो होइन ।’
केजरीवाललाई दिल्ली सरकारको (अहिले निष्क्रिय) मदिरा नीतिसँग सम्बन्धित मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो ।



प्रतिक्रिया