आज दोहोरो अंकले घट्यो सेयर बजार

आज दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको हो ।

आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०।९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।