काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।हिजो मंगलबारको तुलनामा आज मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार भएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।



प्रतिक्रिया