हिजो आकाशिएको सुनको मूल्य आज भने घट्यो

हिजो आकाशिएको सुनको मूल्य आज भने घट्यो


काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार ५ सय तोकिएको छ ।

बिहीबार एकैदिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १३ हजारले घटेर प्रतितोला एक लाख २६ हजार ५ सय पुगेको हो । बिहीबारसुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५५ ले घटेर एक हजार ५ सय तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।