आज पनि घट्यो सेयर बजार

आज पनि घट्यो सेयर बजार


काठमाडौं । सेयर बजार आज पनि घटेको छ। तेस्रो कारोबार दिन मंगलबार ६.२४ अंकले घटेको सेयर बजार यसदिन ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा अडिएको छ।

सेयर बजार घटेको बजारमा कारोबार रकम पनि मंगलबारको तुलनमा घटेको छ। ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ३ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने‍मा गोर्खाज फाइनान्स,बुद्ध भूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट रहेका छन्।

माइक्रो फाइनान्स,म्युचुअल फण्ड र ट्रेडिङ उपसमूहको सूचक बढ्दा अन्य १० वटाको उपसूचक घटेको हो। कारोबारमा ९४ कम्पनीको मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ।