आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ।

सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।