फाइनलमा पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

फाइनलमा पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य


काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।