सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २६ हजार पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको हो।

तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यसैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ पुगेको छ।