आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदी भने घट्यो

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदी भने घट्यो


काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर पहेलो धातु महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय थियो ।

चाँदीको मूल्य आज हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ कायम भएको छ ।