आज ९ अंकले बढेर बन्द भयो सेयर बजार, साढे ३ अर्बको कारोबार

आज ९ अंकले बढेर बन्द भयो सेयर बजार, साढे ३ अर्बको कारोबार


काठमाडौं । सेयर बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसूचक लामो उतारचढावपछि ९ अंकले बढेर बन्द भएको छ । नयाँ सरकारको अर्थमन्त्री वर्षमान पुनको बन्ने चर्चासँगै बजार बढेको हो ।

अघिल्लो दिन मङ्गलवार मात्रै ७० अंकले घटेको नेप्से परिसूचक बुधवार ९.३३ अंकले बढेको छ । यस दिन बजारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार मात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मङ्गलवार ७० अंकले घटेर बन्द भएको थियो । मङ्गलवार बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।