काठमाडौं । सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च रकम कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज पनि बढेर कारोबारमा आएको जनाएको छ । आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी महासंघले दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।



प्रतिक्रिया