आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।