आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आइतबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला ५०० रुपैयाँले बढ्दा चाँदी पनि ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।