एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो ।

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक धेरै २९ रन बनाइन् । यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाए । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।

मलेसियाको बलर महिराह इजाती इस्लामीले २ विकेट लिइन् ।