आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने


चितवन । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ ।

आज (मंगलवार) देखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।

कात्तिक १६ गतदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार आजदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।