आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार र सोमबार पनि सुन तोलामा क्रमशस् ६ सय र ४ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदी पनि प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।