डोनाल्ड ट्रम्प न्यु ह्याम्पसायरको रिपब्लिकनकाे प्राइमरी चुनावमा विजयी

डोनाल्ड ट्रम्प न्यु ह्याम्पसायरको रिपब्लिकनकाे प्राइमरी चुनावमा विजयी


काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पसायरको रिपब्लिकनकाे प्राइमरी चुनावमा विजयी भएका छन् । ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी निक्की हेलीले आठ प्रतिनिधि प्राप्त गरेका छन् ।

न्यु ह्याम्पसायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि रहेका छन् । सबैको नजर रहेको रिपब्लिकन प्राइमरीमा ट्रम्प विजयी हुनुले आगामी चुनावलाई थप सहज बनाएको अनुमान गरिएको छ ।

यो प्राइमरी निर्वाचनमा विजयी हुने राष्ट्रपतिको उमेदवार बन्ने लगभग निश्चित हुने सिन्ह्वाले जनाएको छ ।