झिनो अङ्कले घट्यो नेप्से

झिनो अङ्कले घट्यो नेप्से


काठमाडौं । सेयरबजारमा आज झिनो अङ्कको गिरावट आएको छ ।

हिजो ९.५ अङ्कले बढेको सेयरबजार आज भने ०.६२ अङ्कले घटेरर २०८८.९९ विन्दुमा बन्द भएको हो । आज पनि बजारले २१०० विन्दु ब्रेक गरेर फेरि घटेको थियो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैयाँ पुगेको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा त्रिशुली जलविद्युत कम्पनी, मिडसोलु हाइड्रो, निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, हिमालयन रिइइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा मन्दाकिनी हाइड्रो, मानुषी लघुवित्त, पाँचथर पावर, मनकामना स्मार्ट लघुवित्त, युनिलिभर र निफ्रा रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.५६ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स उपसूचक ०.९३ र ट्रेडिङ उपसूचक ०.३९ प्रतिशतले बढे । आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक १.०४ प्रतिशतले घट्दा होटल तथा पर्यटन १ प्रतिशत र विकास बैंक उपसूचक ०.९२ प्रतिशतले घटे ।