एसईई रद्द गर्न हुन्न : परीक्षा बोर्ड

एसईई रद्द गर्न हुन्न : परीक्षा बोर्ड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गर्न नहुने बताएको छ ।

बिहीबार बसेको शिक्षा समितिको बैठकमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन् ।

‘विधेयकमा कक्षा १० को परीक्षा हराएको छ । बोर्डले १० र १२ को सर्टिफिकेसन गर्छ । १२ को सर्टिफिकेटपछि विश्वको जहाँ नि पुग्छ । छिमेकी देशमा छिमेकीमा ८, १० र १२ को हुन्छ । नेपालमा कुनै रिसर्चबिना १० को परीक्षा कसरी हटाउन सकियो रु १९९० एसएलसी भयो । एसएलसी हटाएर राम्रो हुन्छ भन्ने छैन,’ उनले भने ।

अध्यक्ष शर्माले कक्षा ८ पछि १२ कक्षाको परीक्षा लिए ५० प्रतिशतमात्रै विद्यार्थी पास हुने बताए । ‘कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत पास हुन्छन् । १० को परीक्षा हटायौँ भने त्यो प्रतिशत ३० मा झर्छ । १० कक्षामा फेल भए विद्यार्थी पढ्छन् । तर, १२ कक्षामा फेल भएन पढ्दैन,’ उनले भने, ‘एसईई प्रदेशिक रूपमा गरौँ । १० कक्षाको परीक्षा रद्द नगर्नुस् ‘