सन्दीप लामिछाने नेपाली क्रिकेट टिमबाट निलम्बित

सन्दीप लामिछाने नेपाली क्रिकेट टिमबाट निलम्बित


काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नियमित सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारणसमेत भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले बिहीबार जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो । यसअघि सन्दीपले बुधबार नै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारश खड्कालाई पत्र पठाउँदै क्रिकेट टिमबाट अलग भएको जानकारी गराएको बताइएको छ ।