सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ सयले घट्दा चाँदीमा पाँच रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर बुधबार १ हजार ४१० रुपैयाँ कायम भएको छ।