काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज ३६.५७ अंकले बढेको नेप्से २०५९.४९ बिन्दुमा पुगेर बन्द भएको हो ।
नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.२७ अंकले बढेर ३७७.२८ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका कुल ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार कित्ता शेयर ४ अर्ब ६७ करोड ५२ लाख २४ हजारमा किनबेच भयो । आज २१३ कम्पनीका लगानीकर्ताले कमाउँदा २९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजार बढेसँगै १३ मध्ये १२ उपसमूहको सूचक उकालो लागेको छ । आज म्युचुअल फण्ड उपसमूहको सूचक ०।०१ प्रतिशतले घट्दा अन्य सबै उपसमूहको सूचक बढेको छ ।



प्रतिक्रिया