नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने


काठमाडौँ । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा विहान १० वजे वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ । यस्तै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।

सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ । हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ ।