अबदेखि पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने

अबदेखि पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने


काठमाडौँ । पशुपति मन्दिरमा हुने सन्ध्याकालीन आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न नपाईने भएको छ
अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने भएको हो ।

पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले जारी गरेको संयूक्त सूचनामा बागमती किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको उल्लेख छ ।

‘यहाँ खिचिएको भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा कपीराईट ऐन अन्तर्गत कारबाही गरिने जानकारी गराउँछौ,’ सूचनामा भनिएको छ ।