मुम्बई । इन्डियिन प्रिमियर लिग (आईपीएल) को २०२४ सिजनका लागि कप्तान परिवर्तन गर्ने मुम्बई इन्डियन्सको निर्णय फ्रेन्चाइजीका लागि सुखद देखिएको छैन । फ्रेन्चाइजीले केही दिनअघि मात्र लामो समयदेखि कप्तान रहँदै आएका रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाउने निर्णय गरेको थियो ।
क्लबका समर्थकहरू भने यस निर्णयबाट असन्तुष्ट देखिएका छन् । निर्णयबाट निराश बनेका उनीहरूले फ्रेन्चाइजीको सामाजिक सञ्जाललाई अनफलो गर्न थालेका छन् । पछिल्लो २४ घण्टामा मात्र मुम्बईले ७ लाखभन्दा बढी समर्थक गुमाएको छ । समाचार तयार पार्दासम्म क्लबको इन्सटाग्राममा फलोअर्सको सङ्ख्या घटेर १.२४ करोड पुगेको छ ।
उता, मुम्बईको फलोअर्स घटेपछि चेन्नई इन्सटाग्राममा सबैभन्दा धेरै फलोअर्स भएको आईपीएल टोली बनेको छ । चेन्नईको १.३१ करोड फलोअर्स रहेका छन् ।



प्रतिक्रिया