अब्बल बन्दै बाह्रविसे नगरपालिका, बालेन र हर्कसँगै विकासको फड्को मार्दै मेयर बस्नेत

अब्बल बन्दै बाह्रविसे नगरपालिका, बालेन र हर्कसँगै विकासको फड्को मार्दै मेयर बस्नेत


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका शिक्षामा अब्बल बन्दै गएको छ । सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क अध्ययन अध्यापनको प्रबन्ध गरिएको, संघिय तथा नगरपालिकाको साझेदारीमा कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम संचालन गरिएको नगरप्रमुख बालकृष्ण बस्नेत जानकारी दिनुभयो । साथै बाल पोषणमा समेत सकारात्मक प्रभाव परेका कारण कक्षा छोड्ने र विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या बढ्न थालेको उहाँले बताउनुभयो । नगरका हरेक सामुदायिक विद्यालयहरुमा जंगफुड लाई निषेध गरिने फलफुल ताजा खानेकुरामा जोड दिइनेछ ।

नगरप्रमुख बस्नेत भन्नुहुन्छ शिक्षा क्षेत्र मुख्य एजेण्डा हो, थुप्रै काम गर्न बाँकी छ । संघिय सर्शत तर्फबाट कुल बजेट १६ करोड ५ लाख विनियोजन गरी शिक्षा सुधार तथा नमुना शिक्षा अवधारणा ल्याउनुभएको हो ।१८ वटा कार्यक्रम मध्ये १५ वटा सम्पन्न भैसकेको प्रमुख वस्नेतले हेर्नेपोस्ट लाई जानकारी दिनुभयो । कुल खर्च १५ करोड ९९ लाख खर्च भैसकेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा मात्रै होइन, नगरपालिकाको कार्यलयमा समेत फलफुल स्वस्थ्य दिवा खाजाको प्रयोग हुनेछ । मानव स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ्यमा प्रतिकुल असर नपार्ने खाजा खानाको प्रयोग गर्ने मेयर बस्नेतको योजना छ । त्यस्तै कृषिमा किसानलाई अनुदान दिने गरिएको छ । नगरपालिका भित्रका किसानले गोरु पाले बापत १० हजारका दरले प्रोत्साहन स्वरुप पैसा पाएका छन् ।

देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै सिंहदरबारको अधिकार गाउँगाउँ सम्म पुगेको छ भने जनताले गाउँ र वडास्तरमा आएको छ । २०७९ सालको स्थानीय चुनावमा बाह्रविसे नगरपालिका वडा नं ३ बालकृष्ण बस्नेत नेपाली कांग्रसका तर्पबाट एमालेका नेम्फुन्जो शेर्पालाई पछाडी पादै नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो । नगरप्रमुख बस्नेतको नेतृत्वसँगै नगरमा धेरै विकास निर्माणका काम धमाधम भैरहेका छन् । निर्माण सम्पन्न हुनेक्रममा रहेका छन् । विशेषगरी नगरबासीकालागी कृषि,स्वास्थ्य शिक्षा खानेपानी,सडकबाटो मर्मत सुधार पहिलो एजेण्डा बनाएको नगरप्रमुख बस्नेत बताउनुहुन्छ ।