काठमाडौं । आज साताको चौथो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। दिनभर उचारचढावका बीच नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा कायम भएको हो। यो ०.१३ प्रतिशत हो। सेन्सेटिभ इण्डेक्स ०.२५ प्रतिशतले बढेको छ।
२९२ स्क्रिप्टको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम भने मंगलबारको तुलनामा घटेको हो। मंगलबार नेप्से परिसूचक ३६.८६ अंकले बढ्दा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो।
सो दिन नेप्से बढेपनि सोमबारको तुलनामा कारोबार रकम घटेको थियो। सोमबार ४ अर्ब ८४ करोड बढीको सेयर कारोबार भएको थियो। दोस्रो कारोबार दिन सोमबार १५.४० अंकले घटेको सेयर बजारमा आइतबार भने तीनपटक सक्रिट ब्रेक लागेर दिनभरको कारोबार नै बन्द भएको थियो।
यसदिन सामान्य अंकले बढेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,मोलुङ हाइड्रोपावर र घलेम्यादी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ५.६९ प्रतिशतले घट्यो। यसैगरी १४ करोड मूल्यको सेयर कारोबार गरी सोनपुर मिनरल्स शीर्षस्थानमा रह्यो।
शिवम् सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा अरुण कावेलीको १२ करोड ४२ लाख,रिलायबल नेपाल लाइफको ११ करोड र हाथवे इन्भेस्टमेन्टको ८ करोड मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका ४ उपसमूहबाहेक अन्य समूहको सूचक बढेका छन्।



प्रतिक्रिया