काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा मंगलवार दोहोरो अंकको वृद्धि भएको छ ।
आइतवार धेरै बढेर सर्किट नै लागेको बजार सोमवार घटेकोमा मंगलवार फेरि उकालो लागेको हो ।
३६.८६ अंकले वृद्धि हुँदा बजार १९८५.८६ अंकमा पुगेको छ ।
बोटलर्स नेपाल लिमिटेड (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोना मिनरल्स एन्ड ओएल लिमिटेडको शेयरमा १० प्रतिशतको वृद्धि हुँदा अन्य ७ संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।
सीवाईसीएल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।
१ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब ३० करोड ९० लाख नाघेको छ ।



प्रतिक्रिया