करिब २०० नेपाली रुसी सेनामा रहेको प्रधानमन्त्री प्रचण्डको जानकारी

करिब २०० नेपाली रुसी सेनामा रहेको प्रधानमन्त्री प्रचण्डको जानकारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रुसी सेनामा करिब २०० नेपाली भर्ती भएको जानकारी आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०० संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए ।

नेपालीहरू भिजिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका थिए । ‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ,’ उनले भने ।

रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए । रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको यसअघि सरकारले बताएको थियो।