भारतमा गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु

भारतमा गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु


बरेली । भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १ जना बालक रहेका बताइएको छ।

बरेली–नैनीताल राजमार्गमा दुर्घटना भएको हो। राति बरेली बजारबाट बहेडीतर्फ जाँदै गरेको कारको टायर फाटेपछि अनियन्त्रित भएको थियो। अनियन्त्रित कार डिभाइडर पार गर्दै विपरीत दिशाबाट आइरहेको डम्पर ९ट्रक०मा ठोक्किएको थियो।

ट्रकमा ठोक्किएपछि कारमा आगो लागेको थियो। कार सेन्ट्रल लक भएका कारण भित्र रहेका यात्रु बाहिर निस्किन पाएनन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका फुटेजहरुमा कारमा आगो दन्किरहेको देखिन्छ। जबकि त्यसको अगाडि नै एउटा ट्रक उभिएको देखिन्छ।

प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो। युपी प्रहरीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार दुर्घटनामा परेकाहरु विवाह समारोहबाट निस्किएर घरतर्फ गइरहेका थिए।