काठमाडौं । इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि नेपालकी अल्ट्रा धाविका रशिला तामाङले जितेकी छन् ।
शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी रशिलाले १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरेकी थिइन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।
बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।



प्रतिक्रिया