काठमाडौँ । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।
विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो।
बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टिनी लडाकु समूहले इजरायली क्षेत्रतर्फ गोलीबारी गरेर अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले हमास विरूद्ध कारबाही पुनः सुरु गरेको जनाएको छ।



प्रतिक्रिया