काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि हमाससँग आग्रह गरेको छ । समितिको आज बसेको बैठकले हमासलगायत अन्तर्राष्ट्रिय समुदायसँग यस्तो आग्रह गरेको हो ।
इजरायली भूमिमा गत सात अक्टुबरमा हमासले आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमासले लगेको विश्वास गरिन्छ । हाल इजरायल र हमासबीच अस्थायी युद्धविराम लागू हुँदा हमासले इजरायली र थाइ नागरिकलाई रिहमा गरेको छ । तर जोशीबारे कुनै जानकारी आएको छ ।
यसै विषयमा आज संसदीय समितिले आग्रह गरेको हो । समितिका सभापति राजकिशोर यादवले विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेको बताए । उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनु हुँदैन भन्ने मान्यता रहेको बताए ।



प्रतिक्रिया