सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। गत सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजोको तुलानमा आज १ हजार ६०० रुपैयाँ बढेको छ।

हिजो मंगलबार १ लाख १७ हजार ७०० र सोमबार १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। चाँदी तोलामा १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।