पोखरा । आजबाट पोखरामा सुरु भएको केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित हात पारेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा समेटियो ।
प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट लिदाँ बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।



प्रतिक्रिया