आज सुनको मूल्य हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।