हमास–इजरायल युद्धका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

हमास–इजरायल युद्धका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


काठमाडौं । गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिएका थिए ।

हाल इजरायलले प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणलाई तीव्रता दिएको छ ।