हिम आँधीका कारण मंगोलियामा ८ जनाको मृत्यु

हिम आँधीका कारण मंगोलियामा ८ जनाको मृत्यु


काठमाडौं ।   मध्य मंगोलियामा आएको हिम आँधीका कारण ८ जना गोठालको मृत्यु भएको छ। देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सोमबार ८ जना गोठालाको मृत्यु भएको जनाएको छ।

ज्यान गुमाउनेमा १ पुरुष तथा १ बालक र ६ जना महिला छन्। तुभ र उवुरखानगाइमा आएको हिम आँधीमा उनीहरुले ज्यान गुमाएका हुन्।

हिम आँधीबाट आफ्ना बथानहरु जोगाउने क्रममा गोठालाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार साँझदेखि नै मंगोलियामा भारी हिमपात सुरु भएको थियो। सबैभन्दा बढी प्रभावित मध्य मंगोलियामा ३४ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ।