आईसीसीको टी-ट्वान्टी वरीयताको शीर्ष एक सयमा नेपालबाट दिपेन्द्र सिंह ऐरी मात्रै

आईसीसीको टी-ट्वान्टी वरीयताको शीर्ष एक सयमा नेपालबाट दिपेन्द्र सिंह ऐरी मात्रै


काठमाडौँ । आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको शीर्ष एक सयमा नेपालका एक जना क्रिकेटर मात्रै रहेका छन् ।

आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रियको खेलाडीतर्फको नयाँ वरीयताअन्तर्गत शीर्ष एक सयमा नेपालका दिपेन्द्र सिंह ऐरी मात्र पर्न सफल भएका हुन् ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियको ब्याटिङतर्फको वरीयतामा अलराउन्डर दिपेन्द्र रहेका छन् । उनी ब्याटिङतर्फ ८९ औँ स्थानमा छन् ।